Wednesday , September 18 2019
Breaking News
Home / बिचार / चिन्ता नगर्नुस आमा पेटभरी खानपुग्ने चामल र औषधि किन्ने हैसियत भएसी यो गोराहरुलाई माया मारेर फर्कन्छु

चिन्ता नगर्नुस आमा पेटभरी खानपुग्ने चामल र औषधि किन्ने हैसियत भएसी यो गोराहरुलाई माया मारेर फर्कन्छु

सरोज चौलागाईं, अष्ट्रेलिया

 

म पनि हरेक नेपाली जस्तै एउटा झोलामा सपना पोका पारेर बिदेशी जीवनको सपना देखेर बिमानस्थलको धावनमार्ग हुँदै यो बिरानो शहर आइ पुगे ।

बिमानस्थल बाट हिडदा आमाले रोकेका आशुका ढिका अनि बाबुको जबर्जस्तीको सहनसिलताले कता कता पराइ भएको अनुभव हुन्छ तर आफूले उच्च शिक्षा गर्न पाउने कुराले कतै मन हलुङो बनाउछ तर फेरि सोचछु म त अध्यन नामक रोजगारी भिसामा यो मुलुक हानिएको हो , तेसपछि कमाउने सपना देखे र रोजगारी को खोजीमा बिहान बेलुका हिडे , यो सिड्नी बिश्वोमा एउटा यस्तो भडखालो हो जहाँ आउनु अघिल तिर रहर बन्छ तर आएर केही गर्नु अघिल तिर बाध्यता बन्छ , हो तेहि अपबादमा परे म पनि , यहाँ नेपाली हरु हरेक ठाउँमा भेटिने गर्दछ बाटोमा हिडिरहदा पनि नेपाली सङै कुम ठोकिन्छ तर तेति हुदा पनि यो भडखालोमा नेपालीले नेपालीलाई चिन्दैनन किनकी म जस्तै अरु नेपाली पनि सपनाको पोको जस्तै पैसाको पोको बनाउन चहान्छन ।

 

दिनभरीको कामको थकान अनि कलेजको गर्नु पर्ने कार्य सबै मिलाउदा मिलाउदै म एउटा नेपाली भएर सबै आफ्नो जीवन बिर्सेको अनुभव हुन्छ अनि कलेजमा मास्टरले पढाउदा थकित मेरो शरीर निदाइरहेको हुन्छ । धेरै नेपालीको यो सहर बाध्यता हो खयर थोरैको रहर होला धेरै जसो नेपाली आफुले खाने चामलको रंग किन्न आएका हुन्छन त परिवारको घिट घिट गरिरहेको घाटीलाई चाहिने दुई थोपा औषधि किन्न आएका हुन्छन कति रंग किन्न पनि सफल हुन्छन भने कति रंग बेच्ने बाध्यतामा पर्छन ।

 

नेपालमा बसेर सोचेको जस्तो छैन यो महादेश भित्रको देश , यो बिशाल सहरमा आफु हराएको पत्तै हुदैन , कति सपना बोकेर आउने हामी नेपाली कति बाध्यता पर्ने गर्छौ । हरेक ट्रेन स्टेसनमा बेलुकिको १० बजे पछि सबै जसो नेपाली भेटिने गर्दछ किनकी यहाँ राती पनि काम गर्न बाध्यता नेपालीलाई धेरै छ , बिश्वको १० भित्र पर्ने धनी मुलुकमा आएर केही गर्न सकिएला भन्ने सोच राख्दा राख्दा कयौ बर्ष बित्छ तर न रंग किन्न सकिन्छ नत औषधि किन्न । मेरो समाजले तप्का लगाएको यो देश बिशाल देख्छौ तर के गर्ने यहाँ बाच्ने रहरमा बाध्यताको पसिना बग्छ । रमाउनु पर्ने बेलामा कमाउनु पर्ने पीडा मलाई मात्र होइन देशमा १०ं२ पास गरि बिदेशीएका सबै नेपालीलाई हो , यो भडखालोमा परेसी नत निस्किन सकिन्छ नत मैदानमा लडेर जित्ने आट आउँछ ।

 

तर जे होस दुख शुखका हरेक पाना पल्टाएर आफुले दुखको पानालाई सहयात्री बनाइ अघि बडदै छु, यहाँ नेपालीले नेपाली सङको आचरण देख्दा , मनमा ठुलो भए आउँछ , मलाई थाहा छ तेहि नेपाली नेपालमा हुदा त्यो आचरणमा परिवर्तन आउँछ किनभने यो सहरमा रहरलाई बाध्यताले खुकुरी हान्छ । सबै नेपालीलाई यहाँ केही गर्ने जोस अनि होस हुन्छ अनि घर परिवरले छाती फुकाएर प्रसन्न हुँदै भन्ने गर्छन आफु यो मुलुक भएकोमा तर हामी यहाँ हुदा सम्म नेपाल जान पाउ भनी मरि हत्ते गर्छौ तर आफुले भनेको अनि चाहेको समयमा पनि नेपाल जान नपाउने यो देशमा म दुख शुखको पाना पल्टाउदै छु ।

 

मैले हरेक राती सिरानीको आभाषमा नेपालको नक्सा देख्छु , यो बिहानी होस त हिमालको हावको स्पर्ध भन्ने चाहन्छु तर यो बिरानो सहरमा हावा बनाएर फल्छन अनि यस्तै यस्तै अनेक कुरा । म थकित भए यस कथालाई पानामा लेख्दा किनकी मेरो बेदना यो पानामा अटाउने छैन , म घरमा सिन्को नभाचेको छोरा आज यो देशमा सबै काम गर्दै छु , यो देशको मुहार खाली यहि चिल्लो सडक र बिशाल भवनमा छ तर मेरो देशको मुहार बिहान सेतो हिमाल , दिउँसो तराइको घाम अनि बेलुका त्यो सिन्धुरी साझमा सकिने गर्द्छ , तेसैले त म मेरो सिरानीमा म नेपालको नक्सा देख्छु ।

 

यो पाना चलाउदै गर्दा घरको बलेसीमा बसेकी मेरि आमा , परिवारलाई चामल पकाउन सक्ने बनाउने मेरो बाबा , गालीमा मिठास भेर्ने दिदी र होस मा जोस दिने रबिन दाईलाई धेरै धेरै सम्झना छ , “यो छोरा आज जिवनलाई सङ्घर्षको परिभाषा दिदै यो गोरा नै गोराको देश आयो चिन्ता पक्कै नगर्नुस चामल र औषधि किन्ने हैसियत भएसी यो गोराहरुलाई माया मारेर फर्कन्छु । सबैमा मीठो सम्झना ।”

 

If You Want to go to Australia Contact  for Apply

Contact; 014221824

info@nistintl.com

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *