Sunday , August 25 2019
Breaking News
Home / जागिर / नेपाली सेनाले माग्यो २३ सय ११ कर्मचारी यसरी दिनुस् आवेदन 

नेपाली सेनाले माग्यो २३ सय ११ कर्मचारी यसरी दिनुस् आवेदन 

नेपालयटाईम्स

काठमाडौं – नेपाली सेनाले कूचीकारदेखि प्राविधिक सुवेदारम्मका पदमा २३ सय ११ कर्मचारी माग गरेको छ । लेखा, सैन्य, सैन्य ड्राइभर, चर्मकर्मी, सूचीकार, लोहकार, केशकर्तक, माली तथा सिकर्मी पदका लागि कर्मचारी माग गरेको हो ।

 

ति मध्ये कूचीकार, चकर्मी, सूचीकार, लोहकार, केशकर्तक, माली तथा सिकर्मी पदका लागि साधारण लेखपढ गर्न सक्ने भए पुग्नेछ । यी सबै पदहरुमा महिला, आदिबासी तथा जनजाति, मधेसी, दलित तथा पिछडिएका क्षेत्रका लागि आरक्षण गरिएको छ ।

 

महिला प्राविधिक सुवेदारका लागि पिसिएल नर्सिङ पास, लेखाका लागि प्लस टु उत्तिर्ण, अमल्दार कर्मचारीका लागि एसएलसी वा सो सरह, ड्राइभर तथा सैन्य बाध्य बादनका लागि कक्षा ८ उत्र्तिण भएकाले आवेदन दिन सक्नेछन् ।

जेठ ३० गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने असार ६ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

 

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *