Monday , June 24 2019
Breaking News
Home / नेपाल / दक्षिण कोरिया अध्ययन गर्न आएका नेपाली विद्यार्थी समस्यामा

दक्षिण कोरिया अध्ययन गर्न आएका नेपाली विद्यार्थी समस्यामा

Nepalayatimes

नेपालका कन्सल्टेन्सीको प्रलोभनमा परी दक्षिण कोरिया अध्ययन गर्न आएका नेपाली विद्यार्थी समस्यामा परेका छन्।

काठमाडौं बागबजारको मिराकल कन्सल्टेन्सी, सिल्भर एजुकेशन, सेभेन एजुकेशन, डिल्लीबजारको सिलिकन एडुकेशन, नयाँ बानेश्वर थापागाउँको प्रोप एजुकेशन फाउण्डेशनबाट अध्ययनका लागि कोरियाका विभिन्न कलेज र विश्वविद्यालयमा आएका नेपाली विद्यार्थी समस्यामा परेका हुन्।

प्रत्येक कन्सल्टेन्सीबाट हरेक सेमेष्टरमा १० देखि ३० जनाको संख्यामा अध्ययनका लागि नेपाली विद्यार्थी कोरिया आएका छन्। चर्को शुल्क बुझाएर अन्डर ग्र्याजुएट गर्न आएका नेपाली विद्यार्थीलाई कलेजको शुल्क, खाना लगायतको शुल्क तिर्न धौधौ परेको छ।

कन्सल्टेन्सीले छात्रवृत्ति दिने, आवास र खानाको व्यवस्था हुने, कलेज भर्ना भए लगत्तै जागिरको व्यावस्था हुनेलगायतका आकर्षक आश्वासन दिएर चर्को शूल्क असुल्दै कोरिया पठाएको पीडित विद्यार्थीले बताउने गरेका छन्।

कोरिया आएपछि नराम्रोसँग ठगिएको बताउने विनोद शर्मा परिवर्तीत नामका विद्यार्थीले पहिलो महिनामा छात्रवृत्ति दिए पनि बाँकी सबै सेमेष्टरमा पुरै शुल्क तिर्नु पर्दा थप मर्कामा परिएको बताए।

कोरियन भाषामा दक्ष नहुँदा नियम अनुसार साताको बीस घण्टे काम पाउन पनि गाह्रो भएको र जसका कारण कलेज शुल्क लगायतका खर्च जुटाउने मुस्किल भएको गुनासो पीडित विद्यार्थीको छ।

मध्यम वर्गीय परिवारका विद्यार्थी जागिरसँगै पढ्न पाइने आसल कोरिया आएका हुन्। धेरै पीडितले कन्सल्टेन्सी र कोरियाका दलालीबाट आफूहरू ठगीमा परेका बताउने गरेका छन्।

नेपालबाट कन्सल्टेन्सी मार्फत पठाएका डकुमेन्ट र इमेल सबै कोरियाको दलाल मार्फत कलेजमा बुझाउने काम हुने गरेको उनीहरूले बताए।

नेपाली कन्सल्टेन्सीले प्रति विद्यार्थी ३-४ लाख खाने गरेको र छात्रवृत्ति पाउने भनि यहाँका कलेजले एक सेमेष्टर पछि छात्रवृत्रि नदिने गरेको रिजाल थरकी एक पीडित युवतीले  बताइन्।

यसैबीच खाना र कलेज फी तिर्न समस्यामा परेपछि पुराना विद्यार्थी तथा इपिएसमार्फत कोरिया आएका नेपालीलाई काम खोजेर सहयोग गर्न पीडित विद्यार्थीले अपिल गर्ने थालेको नेपाली विद्यार्थी समाज कोरिया (सोन्सीक) का सभापति विजय बस्नेतले बताए।

अण्डरग्रयाजुएट गर्न आएका विद्यार्थी कन्सल्टेन्सीबाट धेरै ठगीएको र यहाँ आएर धेरै दुःख पाएकोले सम्भावित दुर्घटनाप्रति समाजको चिन्ता रहेको उनले बताए।

कोरिया एरोस्पेस विश्वविद्यालयमा विद्यावारिधि गर्न लागेका सोन्सीकका पूर्व सभापतिसमेत रहेका विमल सुवेदीले नेपालका कन्सल्टेन्सीको गलत र वदनियतपूर्ण आश्वासनमा परी अध्ययनका लागि कोरिया आएका विद्यार्थीले दुःख पाइरहेको बताए।

यसबारे सोन्सीकले नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको र आउने तयारीमा रहेका विद्यार्थीले कन्सल्टेन्सी मार्फत नभएर आफैं इन्टरनेटमा खोजेर कलेज वा विश्वविद्यालयमा भर्ना लगायतको प्रोसेस गर्न सुझाव दिएका छन्।

कन्सल्टेन्सीको भ्रमपूर्ण आश्वासनमा आएर दुःख पाउनेमा छेजुका हल्ला, ख्यसङ, ख्यङदोङ, सोलब्रीज, ख्युङ्गीलगायत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी छन्।

जहाँ १०० देखि २०० हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन्। कोरियामा अध्ययनका लागि आउनु अघि कन्सल्टेन्सिको आश्वासन र प्रलोभनमा नपरी राम्रोसँग बुझेर मात्र आउन सम्बन्धित निकायको सुझाव छ।

Check Also

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

नेपालयटाईम्स/गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक काठमाण्डौं – चिरपरिचित गायक प्रमोद खरेलको स्वर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *