Monday , June 24 2019
Breaking News
Home / खेलकुद / सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।  खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने छनोट हुन सकेनन् ।प्रतियोगिताको नियम अनुसार कम्तीमा एउटा एशोसियट खेलाडीलाई प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान थियो । प्रतियोगिता आगामी असोज १९ देखि कात्तिक ४ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा हुनेछ । सन्दीपले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल), क्यान्डाको ग्लोबल टी–२० र वेस्ट इण्डिजको राष्ट्रिय लिग खेलिसकेका छन् ।

Check Also

चलचित्र ‘साईनो’ को दोस्रो गीत ‘कुन मायाको साईनो’ गीत सार्वजनिक

नेपाली चलचित्रकी प्रथम नायिका तथा वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साईनो’ को दोस्रो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *