Monday , June 24 2019
Breaking News
Home / पर्यटन / होटल तथा पर्यटन व्यवसायि संघ गठन

होटल तथा पर्यटन व्यवसायि संघ गठन

अनु आचार्य, रसुवा, १० असोज
रसुवामा रहेका होटल तथा पर्यटन व्यवसायिलाई एकरुपता ल्याउनका लागि होटल तथा पर्यटन व्यवसायि संघ गठन गरिएको छ । संघको बुधबार सदरमुकाम धुन्चेमा भएको पहिलो भेलाले रितुपेमा तामाङको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षमा धनकुमारी गुरुङ, महासचिवमा रामशरण गजुरेल, सचिबमा फुर्पूसिङगी तामाङ, कोषाध्यक्षमा डोल्मा सङ्ग्रौला र सह—कोषाध्यक्षमा बिष्णु आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अमित लामा, सुनिता लामा, याङजेन घले, कामी छोमो तामाङ, कोक्ले तामाङ र ज्योती तामाङ रहेका छन् । गठन गरिएका संघले जिल्लाका होटल तथा पर्यटन व्यवसायिलाई संघमा आबद्ध गराई होटल तथा पर्यटन व्यवसायिको हकहितका लागि काम गर्ने अध्यक्ष रितुपेमा तामाङले बताइन् ।

Check Also

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

नेपालयटाईम्स/गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक काठमाण्डौं – चिरपरिचित गायक प्रमोद खरेलको स्वर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *