Wednesday , July 17 2019
Breaking News
Home / बिचार / जलवायु परिवर्तनका समस्या समाधानमा कृषि विद्यार्थीको भुमिका

जलवायु परिवर्तनका समस्या समाधानमा कृषि विद्यार्थीको भुमिका

  • सरस्वती गौतम
    विश्वकै जल्दोबल्दो समस्या जलवायु परिवर्तन अहिले सरुवा रोग जस्तै एकदमै छिटो फैलिरहेको पाइन्छ र उक्त सरुवा रोगलाई निर्मुल पार्न उपयुुक्त औसधी वा विषाधी को रूपमा भुमिका निर्वाह विद्यार्थी ले जैविक विविधता ईत्यादिमा नकारात्मक असर पारेको छ ।अतिबृस्टी अनाबृस्टी खण्डवृष्टि खडेरी बाढी पहिरो जस्ता प्राकृतिक बिपद्को जोखिम बढदै गइरहेको छ । तापक्रम वृद्धि संगै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ नयाँ झार रोग किरा कोआगमन हुने प्रबृति वृद्धि खाद्य सुरक्षामा नकारात्मक असर पारेको छ तर हाल पाइएको अध्यनअनुसार जलवायु परिवर्तन ले कृषि क्षेत्र मा केहि सकारात्मक असर पनि पारिरहेको छ जस्तै जाडो समयमा तापक्रम वृद्धि हुदा आलु उत्पादनमा केही हदसम्म वृद्धि भयेको पाइन्छ दुख को कुरा यो हो कि जलवायु परिवर्तन को सकारात्मक असर अत्यन्तै न्युन अर्थात नगन्य मात्रामा छ। ।यदि यस्तै असर रहिरहन गयेमा नेपाल जस्तो कृषिप्रधान मुलुक पनि भोकमरीको चपेटामा पर्ने छ। हामी आजका युवा भोलि राष्ट्र्का कर्णधार हौ र हाम्रो राष्ट्रको उन्नति प्रगति कोलागि सोचबिचार गर्ने पालो हाम्रो हो।हाम्रो देशलाई भोकमरी को चपेटाबाट पन्छाएर उन्नतिपथ मा पुर्याउन युवावर्ग त्यस्मा पनि विद्यार्थी को ठुलो भुमिका रहन्छ।जलवायु परिवर्तनका समस्या समाधान आफैमा जटिल समस्या हो यसलाई कृषि क्षेत्र बाट हेर्दा समाधान किराहरुको जरै देखि उन्मुलन गर्ने जस्ता क्रियाकलाप गर्नुपर्दछ । कुन बिरुवाले बढि मात्रामा कार्बन उत्सर्जन झोल मोल विधि द्वारा रोग किराहरु उन्मुलन गर्नतर्फ जनमानसलाई आकर्षित गर्न कृषि बिध्यार्थी को गहन भुमिका हुन्छ ।
    २००५ देखि लागू भएको जलवायु परिवर्तन सम्बन्धि क्योटो अभिसन्धीले पारित गरेका नियमहरु मध्ये कार्बनब्यापार एक हो।जसमा शक्तिसम्पन्न राष्ट्रहरु जसले अत्यधिक मात्रामा कार्बन उत्पादन गर्छन् उनिहरुले कार्बन उत्सर्जन कम गर्ने रास्ट्रलाई पैसा तिर्नुपर्छ । तर के उक्त नियम सबै राष्ट्र्हरुले पालन सबैभन्दा तितो सत्य यस्तो छ कि अहिलेसम्म ०।१५ मात्र पैसा संकलन भएको पाइन्छ । येस्तो तथ्यांकको बारेमा जानकारी कुर्ची तानातान गर्न बसेका नेताहरु भन्दा अवस्य बिध्यार्थी लाई नै बढी हुन्छ । यस्तै समस्याहरूलाई उजागर गरेर त्यस्ता राष्ट्र्हरुलाई झकझकाउने पालो हामी सबै बिध्यार्थी को हो । विस्व जलवायू परिवर्तन कम हुनसक्छ । तसर्थ जसरी नङ र मासु एक अर्का सङ्ग सम्बन्धित छन त्यसरी नै जलवायु परिवर्तन र कृषि पनि एक अर्कासङ्ग सम्बन्धित छन ।जलवायु परिवर्तनले कृषि लाई नकारात्मक र सकारात्मक असर पारिरहेको छ र कृषि ले पनि जलवायू परिवर्तन निम्त्याइरहेको छ। कृषि र जलवायु परिवर्तन एक अर्कामा गम ले टासिंएझै टासिंएर बसेका छन र गम लाई पानीले हटाए जसरी हामी विद्यार्थीले जलवायु परिवर्तनको समस्या समाधान गर्न पानीको भूमिका निर्वाह गर्नुपर्छ र यसका लागि हामी सम्पुर्ण विद्यार्थी तत्पर छौ। येस्को वास्तविक कार्यकर्ता अब हरेक नागरिक बन्नुपर्छ जस्ले गर्दा येस्तो जटिल समस्याको जरै बाट उजागर गर्न सकियोस् ।

Check Also

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने भोली मंगलवार राति ०१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *