Monday , June 24 2019
Breaking News
Home / पर्यटन / स्याङजाको स्वरेकमा प्याराग्लाइडिङ वल्डकप हुने

स्याङजाको स्वरेकमा प्याराग्लाइडिङ वल्डकप हुने

स्याङजा – स्याङजाको स्वरेकमा नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्डकप प्रतियोगिता हुने भएको छ । नोभेम्बर १ देखि ४ तारिख नेपाली पात्रो अनुसार कार्तिक १५ देखि १८ गते सम्म स्वरेकमा हुने वल्डकपको तयारी तिव्र बनाइएको छ ।

प्रतियोगिता स्याङजा जिल्लाको ११ वटै स्थानीय तह ,नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडीड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा आयोजना गरिएको हो ।
यस वल्डकपले नेपालको पर्यटन प्रबद्र्धनमा ठुलो सहयोग पुग्ने बाबु एडभेन्चर क्लबका सानोबाबु सुनुवारले बताउनुभयो । यस प्रतियोगिता मार्फत् विदेशीहरुले नेपालमा नयाँ पर्यटकीय गन्तब्य स्वरेक भएको जानकारी पाउने भन्दै सुनुवारले प्रतियोगिता नेपालकै लागि गौरवपूर्ण भएको उल्लेख गर्नुभयो ।

छोटो समयको तयारीमा वल्डकप गर्न लागिए पनि वल्डकप भब्यरुपमा सम्पन्न गर्ने सुनुवारको भनाई छ । वल्डकपमा विश्वबाट आउने पाहुनाको लागि स्वागत गर्न सिङ्गो स्याङजा तयारी अबस्थामा रहेको भीरकोट नगरपालिकाका मेयर छायाराम खनालको भनाई रहेको छ ।

बयरघारी देखि स्वरेक मैदान सम्म पुग्ने कच्चीबाटो ममर्तको काममा आफूहरु लागेको खनालले जानकारी दिनुभयो । स्वरेक भञ्ज्याङदेखि मैदान जानेबाटो छोटो र सजिलो भएकोले भञ्ज्याङ महापुर सडक छिटो सुधार गर्नुपर्ने स्थानीयको भनाई रहेको छ।

नेपालमा पहिलो पटक प्याराग्लाइडिङको एकुरेसीे वल्डकपमा भीरकोट ५ स्वरेक मैदानबाट उडान गरेर वालिङ ११ स्वरेक डौवामा ल्याण्डडिङ हुने छ । गत बर्ष स्वरेकमै अन्तरराष्ट्रिय प्याराग्लाईडिङ राष्ट्रिय टीम छनोट प्रतीयोगीता सम्पन्न भएको थियो ।

स्रोतः घनश्याम पाण्डेय शुभन्युज

Check Also

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

नेपालयटाईम्स/गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक काठमाण्डौं – चिरपरिचित गायक प्रमोद खरेलको स्वर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *