Tuesday , October 22 2019
Breaking News
Home / मनोरन्जन / फागनु १० गते ब्वाइफ्रेण्ड हलमा आउँदै

फागनु १० गते ब्वाइफ्रेण्ड हलमा आउँदै

निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र ब्वाइफ्रेण्ड फागुन १० गतेबाट प्रदर्शनमा आउने भएको छ । विशेषगरी युवा पिंढीलाई लक्षित गर्दै निर्माण गरिएको यो चलचित्रले दर्शकमाझ आफ्नो पकड जमाउन सफल हुने निर्माण पक्षको दावी छ ।युवा पिंढीमा मौलाएको ब्वाइफ्रेण्ड र गर्लफे्रण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने विषयलाई चलचित्रमा समेटिएको छ । चलचित्र ब्वाइफ्रेण्ड चेतनामूलक शैलीमा प्रस्तुत गरिने निर्माण खनालले बताउनुभयो ।मदन घिमिरेको निर्देशनमा रहेको चलचित्र ब्वाइफ्रेण्डमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनम थापा, श्याम मिश्र, देवी भण्डारी, बम्जनमञ्जु श्रेष्ठ, कृष्ण खनाल, शुक्र बहादुर बम्जन, पवन खनाल, प्रविण विष्ट लगायतको अभिनय रहेको छ । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको द्वन्द्व र पुनम राईको नृत्य रहेको छ ।

Check Also

ग्राहकको हामी प्रतिको विश्वास र सद्भावका कारण यो स्थानमा आउन सफल भएका हौं : प्रबन्धक लामा

पछिल्लो समय चितवनमा दुई पाङ्ग्रे सवारी साधनको प्रयोग संगै चार पाङ्ग्रे नीजि सवारी साधनको प्रयोग …

Leave a Reply

Your email address will not be published. Required fields are marked *