Monday , June 24 2019
Breaking News
Home / पर्यटन / पाण्डवेश्वर धामको प्रवद्र्धनमा सरकारको साथ रहन्छ : पर्यटन मन्त्री अधिकारी

पाण्डवेश्वर धामको प्रवद्र्धनमा सरकारको साथ रहन्छ : पर्यटन मन्त्री अधिकारी

 

काठमाडौ – दाङमा अवस्थित पाण्डवेश्वर महादेव धामको प्रवद्र्धनमा सरकारको विशेष प्राथमिकता रहेको पर्यटन मन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । पाण्डवेश्वर धाम जस्ता धार्मिक आस्थाको धरोहरुको प्रवद्र्धन गरि आन्तरिक तथा बाह्रय पर्यटक पुराउन सरकारले धामको विकासमा लाग्ने मन्त्री अधिकारीले बताए ।

पर्यटन प्रवद्र्धनमा स्थानीयको जागरुकताले धारापानी एक नमुना भएको चर्चा गर्दै सरकारको सबैखाले साथ र सहयोग रहने प्रवितवद्धता व्यक्त गरे । पाण्डवेश्वर महादेव धाम मुल आयोजक समितिका प्रतिनिधिसंग शनिबार मन्त्री निवासको भेटघाटमा उनले यस्तो बताए हुन् । कार्यक्रममा मन्त्री अधिकारीले स्थानीय दानवीरहरुको दानबाट धार्मिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य प्रगाति भएकोमा खुशी व्यक्त गर्दै पूर्वाधार प्रवद्र्धनमा सरकारले थप मद्दत गर्ने आश्वासन दिए । महायज्ञको प्रमुख अतिथि रहेका मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा सबैको साथ र हात रहन सके कायापलट गर्न सकिने दावी गरे । पर्यटन प्रवद्र्धनमा स्थानीय, प्रदेश, केन्द्र सरकार र स्थानीयको उत्तिकै महत्वपूर्ण भूमिका पनि रहको उनने बताए ।

धामको प्रवद्र्धन तथा भौतिक विकासको लागि आगामी फाल्गुन ११ देखि फाल्गुन १८ सम्म महायज्ञको आयोजना गरिएको छ । पाण्डवेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा विराट आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स्थापनार्थ कार्यक्रम आयोजना गरिएको मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले बताए । मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यको संयोजनमा गएको टोलीले मन्त्री अधिकारी, राष्ट्रिय सभा सदस्य कोमल वलीलाई समेत भेट गरेको छ ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले धार्मिक आस्थाको केन्द्र धामको भौतिक तथा प्रवद्र्धनात्मक कार्यमा आफूहरुको सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्दै महायज्ञलाई पूर्ण सफल बनाउन सबैले साथ सहयोग गर्नुपर्ने बताइन् । महायज्ञको सफलता भनेको नै दाङको विकासको नयाँ आयामको शुरु हुने उनको भनाई छ । त्यसैगरी प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले दाङको पर्यटन विकासका लागि सबै तह र तप्काले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । जनप्रतिििनधिको हैसियतले पूर्वाधार लगायत प्रवद्र्धन र प्रचार प्रसारको लागि सरकारलाई घच्घच्याउने प्रतिवद्धता व्यक्त गरे । महासचिव विष्णराम आचार्यको नेतृत्वमा, उपाध्यक्ष, शंकर गौतम, पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले पर्यटन मन्त्री, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य लगायतका व्यक्तित्वसंग भेटघाट गरेको हो ।

टोलीले शुक्रबार डाक्टर भिर्माजुन आचार्यसंग र राप्ती समाज काठमाडौ प्रविणकुमार रेग्मीसंग पनि भेटघाट गरेको छ । महासचिव विष्णुराम आचार्यका अनुसार आइतबार उद्यमी, व्यवसायी, उच्च पदस्थ अधिकारीहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् । महायज्ञ सम्पन्न गर्न गणेश अधिकारीको अध्यक्षतामा ३ हजार एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।भने त्यसको निर्देशकमा प्रदेश सभा सदस्य अमर डाँगी रहेका छन् । महायज्ञको कथाबाचन बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले गर्ने भएका छन् ।


महायज्ञको उदेश्य र लक्ष्य
महायज्ञको उद्घाटन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले फाल्गुन १४ गते गर्ने भएका छन्, कार्यक्रम फाल्गुन ११ देखि नै शुरु हुनेछ । कार्यक्रममा विश्वकै अग्लो त्रिशुलको औपचारिक उदघाटन हुनेछ । वार्षिक १० लाख धार्मिक पर्यटकलाई भित्र्याउने उदेश्यका साथ महायज्ञको आयोजना गरिएको हो । पछिल्लो अनुमानित तथ्याँक अनुसार दैनिक हजार हाराहारीमा धारापानीको अध्ययन अवलोकन गर्न मानिसहरु पुग्ने गरेका छन् । आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा पर्ने धाम सबै आस्थावानहरुको गन्तव्य बन्दै गएको छ ।धार्मिक महत्व तथा प्राकृतिक सौन्दर्यताले सजिएको धाम क्षेत्र पर्यटनका सबै आयामले अब्बल भएको पर्यटन विज्ञहरुको प्रतिक्रृया छ । शिव धाम भएकोले महाशिवरात्रीमा साविकको मध्यपश्चिमकै ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् । धामको प्रवद्र्धन गर्न समितिले इच्छुक दानवीरहरुको विवरण समेत www.pmdham.comमा जानकारी पाउन सकिने महासचिव विष्णुराम आचार्यले जानकारी दिए ।

Check Also

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

नेपालयटाईम्स/गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक काठमाण्डौं – चिरपरिचित गायक प्रमोद खरेलको स्वर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *