Sunday , August 25 2019
Breaking News
Home / बिचार / संविधान विरोधी पुरुषवादी सोंच

संविधान विरोधी पुरुषवादी सोंच

अनिशा श्रेष्ठ
नेपालको कुल जनसंख्याको आधाभन्दा धेरै हिस्सा महिलाले ओगटेको छ । आधा हिस्सा ओगट्नुको अर्थ सामाजिक जीवनमा के–के फरक पर्नुपर्ने हो ? यहाँका सार्वजनिक कार्यक्रम होस् या सार्वजनिक महत्व राख्ने कुनै पनि विषय, संविधान विरोधी पुरुषवादी सोंच नेपालको कुल जनसंख्याको आधाभन्दा धेरै हिस्सा महिलाले ओगटेको छ । आधा हिस्सा ओगट्नुको अर्थ सामाजिक जीवनमा के–के फरक पर्नुपर्ने हो ? यहाँका सार्वजनिक कार्यक्रम होस् या सार्वजनिक महत्व राख्ने कुनै पनि विषय, त्यहाँ पुरुषकै हालीमुहाली जारी छ । कोही महिला सार्वजनिक क्षेत्रमा अगाडि बढ्न खोजे भने पनि खुट्टा तान्ने प्रवृत्ति जोडतोडका साथ मौलाउँदो छ । कतिले छुच्ची भएको त, कतिले सोमत नभएको आइमाइ भनेर खिसिटिउरी गर्ने प्रवृत्ति छ । अझै घरमा काम नपाएको, बिग्रिएको वा उत्ताउलीसमेत भन्न भ्याउँछन् । आधा जनसंख्याको प्रतिनिधित्व हाम्रा सार्वजनिक जीवनमा हुनुपर्ने मान्यता राख्ने र यसका लागि योग्यता र क्षमताका कुरा धेरै उठ्ने गर्छन् । के कोही पुरुष सार्वजनिक क्षेत्रमा आफ्नो योग्यता पुगेर नै गएका हुन् त ? उनीहरु आफूलाई के ठान्छन्, जो सबै क्षेत्रमा आफूहरु मात्र हुनुपर्ने विचार गरिरहेका हुन्छन् ।
नेपालका सरकारी होस् या निजी क्षेत्र जहाँ पनि पुरुषको दबदबा छ । महिलासँग त विचार नै हुँदैन भन्ने झैं देखिने गरी उनीहरु रवाफ देखाउँछन् । यही रवाफका कारण नेपाली समाजको विकासको गति धिमा हुन पुगेको हो भन्ने बारे उनीहरु कहिल्यै सोंच्दैनन् । कुनै पनि गतिशील समाजमा हाम्रो समाजमा जस्ता अवस्था रहँदैन ।

समाज अगाडि बढाउन पुरुषको जति नै महिलाको पनि भूमिका आवश्यकता पर्छ जसको अभाव समाज अघि बढ्न सक्दैन । महिला र पुरुष एउटै सिक्काका २ पाटा, एउटै रथका २ पाँग्रा, आधा धर्ती, आधा आकाश जस्ता नारा बेलाबेला शब्दमा सुन्न पाइन्छ । यस्ता शब्द सत्तामा रहेकाले बढी फलाक्ने गर्छन् । के उनीहरुको सत्ताले यही नारा अनुरुप व्यवहार गरेका छन् ? शासकले देखाउने रवाफ र फलाक्ने शब्द आपसमा मेल नहुँदा नै नारी आज पनि कुण्ठित र दबित भएर बाँच्नुपरेको छ । यदी एउटै सिक्काका २ पाटा व्यवहारमा लागु गरिएको भए सार्वजनिक क्षेत्रमा महिलाको उपस्थिति वजनदार मात्र हुने थिएन, नेपाली समाजको विकासका गति नै छुट्टै हुने थियो । आज देशको परिवेश बदलिँदो छ । सामाजिक र आर्थिक सम्बन्ध र यसका आयाम तीव्र गतिमा बद्लिँदैछ । यस्तो बदलावको अवस्थामा पनि पुरुषवादी सामाजिक सोंचमा परिवर्तन आउन सकेको छैन । जुन आजका नारीका लागि मात्र होइन समाज र स्वयं पुरुषका लागि पनि घाटा छ ।
हामी समाजका चोकचोकमा समानताको नाराको जुलुस लगाउँदै हिँड्छौ ।

यस्ता नारा–जुलुस पनि अब त महिला दिवस जस्ता दिवस आउनुपर्ने अवस्था आएको छ । राजनीतिक दलका महिला संगठन भोटमा मात्र सीमित छन् । कम्तिमा महिलाको उपस्थितिका बारेमा बहस र छलफलसमेत नचलाउने अवस्थामा आइपुगेका छन् । बिडम्वना त यहाँ हुन्छ कि दिनभर महिलाको पक्षमा भाषण दिनेहरु नै घरमा सजाउने गुडियाको दर्जामा राख्छन् । अझै पनि महिला दोस्रो दर्जाको व्यवहार भोग्न सीमित छन् । यसका पक्षमा बोलिदिने राजनीतिक पार्टी छैनन्, सरकारको त के कुरा गर्ने र । विश्वमा महिलाले धेरै क्षेत्रमा धेरै रेकर्ड राखिसकेका छन् । नेपालमा पनि विभिन्न कालखण्डमा महिला आफ्नो भूमिका स्थापित गरिसकेको इतिहासमा पढ्न पाइन्छ । धर उनीहरुले त्यतिबेला भोगेको सामाजिक समस्या र अहिलेको समस्यामा फरक आए पनि पुरानै सोंचाइ अहिले पनि हाबी हुनु दुखद र खेदजनक छ ।

सामाजिक क्षेत्रमा स्थापित महिलालाई महिला भएकै कारण सम्मान दिन सकेका छैनन् । पुरुषको दबदबा रहेको समाजमा महिलालाई हेर्ने दृष्टिकोण पुरुषवादी नै हुनु स्वभाविक नै हो, तर महिलाले पनि केही गर्न सक्छन्, उनीहरु पनि हामी जस्तै मान्छे हो भन्ने मान्यता दिन उनीहरु जहिल्यै चुकिरहेका छन् ।
कुनै महिला आफ्नो पहिचान बनाउन संघर्षमा छ भने उनलाई स्वीकार्ने भन्दा दुत्कार्ने, सहयोग गर्ने भन्दा खिल्ली उडाउने प्रवृत्ति जहाँको त्यहीं छ । यतिसम्म कि सम्बोधनमा हेपाहा प्रवृत्ति, बैनी तिमी नानी जस्ती भन्ने, छुन खोज्ने, हिंसात्मक व्यवहार देखाउने प्रवृत्ति सामाजिक क्षेत्रका मै हुँ भन्नेहरुबाटै भोग्नुपरेको छ ।
व्यावसायिक सम्बन्धमा भन्दा व्यक्तिगत सम्बन्ध जोड्ने र अनुचित कार्य गर्न खोज्ने अहिले पनि सार्वजनिक कार्यक्रममा भाषण दिइरहेका हुन्छन् । कामको, विचारको कुरा गर्दा त्यसले के जानेकी छ र भन्ने खालको हेपाहा प्रवृत्ति देखाउँछन् उनीहरु ।

जो कोहीलाई पनि सम्मानजनक व्यवहार देखाउनुपर्ने सम्मानितहरुको धर्म हो । यहाँ त सम्मानित हुन अरुलाई हेप्ने प्रवृत्ति छ । महिला कुनै संस्था वा क्षेत्रको प्रमुख भइरहेका छन् । आफ्नो क्षेत्रमा उदाहरणीय काम गरिरहेका छन् । तर उनीहरुलाई समेत पुरुषवादी सोँच पाल्नेहरु सम्मानपूर्वक व्यवहार देखाउँदैनन् ।
घरबाट निस्केपछि महिलालाई घर तथा समाजमा नै बोझ सम्झिने, विश्वास नगर्ने, धेरै नाटक गर्ने र उनीहरुको परीक्षण नै नगरी क्षमता छैन भनेर हेप्ने दिन अझै कति दिन सहनुपर्ने हो ? के सधैं पुरुषवादी सोंच रहिरहँला ? धेरै हण्डर र ठक्कर खाएर अघि बढिरहेका महिलालाई अझै पनि नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा भिख कुरेर बसेको जस्तो व्यवहार देखाउँछन् । स्वतन्त्रताका लागि धेरै महिलाले ज्यान दिएका छन् । आन्दोलनका समयमा नेपालका राजनीतिक दलको एजेण्डा पनि महिला मुक्तिका ठूलाठूला कुरा गर्छन् । जब सत्तामा जान्छन्, पार्टीको र सरकारको एजेण्डामा महिला कहिल्यै पर्दैनन् । यस्तो किन हुन्छ ?
अहिले मुलुकको शासकीय स्वरुप बदलिएको छ । एकात्मक राज्यको ठाउँ अहिले संघीय व्यवस्थाले लिएको छ । संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले काम गरिरहेका छन् । उनीहरु आ–आफ्नो ठाउँबाट महिला उत्थान या मुक्तिका लागि के काम गर्दैछन् ? महिलाले अनुभूति गर्ने गरी उनीहरु साँच्चै समानताको व्यवहार देखाएका छन् त ? छैन । किन कि महिला भनेको उनीहरुलाई सत्तामा पुग्ने भ¥याङमात्र भएको छ ।

अब हामी महिलाले पनि हिसाब गर्नुपर्ने दिन आएको छ । कुनै अमुक पार्टीले वा कसैले दिएर भन्दा पनि हाम्रो अधिकारका लागि हामी आफंै जागरुक हुनुपर्ने बेला आएको छ । घरभित्र होस् या बाहिर समाजका हरेक ठाउँमा महिला भए नभएको विचार गर्नुपर्ने बेला आएको छ । संविधानले राज्यका सबै तह समावेशी हुनुपर्ने र कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने व्यवस्था गरिसकेको छ । संविधानले गरेको यो व्यवस्था पालना नगरी कुनै पनि ठाउँमा पुरुषको एकलौटी अब गैरसंवैधानिक हुन्छ । के उनीहरु महिलालाई हेप्न वा देखाउन गैर संवैधानिक काम गर्न तयार भएका हुन् ? अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।त्यहाँ पुरुषकै हालीमुहाली जारी छ । कोही महिला सार्वजनिक क्षेत्रमा अगाडि बढ्न खोजे भने पनि खुट्टा तान्ने प्रवृत्ति जोडतोडका साथ मौलाउँदो छ । कतिले छुच्ची भएको त, कतिले सोमत नभएको आइमाइ भनेर खिसिटिउरी गर्ने प्रवृत्ति छ । अझै घरमा काम नपाएको, बिग्रिएको वा उत्ताउलीसमेत भन्न भ्याउँछन् ।आधा जनसंख्याको प्रतिनिधित्व हाम्रा सार्वजनिक जीवनमा हुनुपर्ने मान्यता राख्ने र यसका लागि योग्यता र क्षमताका कुरा धेरै उठ्ने गर्छन् । के कोही पुरुष सार्वजनिक क्षेत्रमा आफ्नो योग्यता पुगेर नै गएका हुन् त ? उनीहरु आफूलाई के ठान्छन्, जो सबै क्षेत्रमा आफूहरु मात्र हुनुपर्ने विचार गरिरहेका हुन्छन् । नेपालका सरकारी होस् या निजी क्षेत्र जहाँ पनि पुरुषको दबदबा छ । महिलासँग त विचार नै हुँदैन भन्ने झैं देखिने गरी उनीहरु रवाफ देखाउँछन् । यही रवाफका कारण नेपाली समाजको विकासको गति धिमा हुन पुगेको हो भन्ने बारे उनीहरु कहिल्यै सोंच्दैनन् । कुनै पनि गतिशील समाजमा हाम्रो समाजमा जस्ता अवस्था रहँदैन ।

 

समाज अगाडि बढाउन पुरुषको जति नै महिलाको पनि भूमिका आवश्यकता पर्छ जसको अभाव समाज अघि बढ्न सक्दैन । महिला र पुरुष एउटै सिक्काका २ पाटा, एउटै रथका २ पाँग्रा, आधा धर्ती, आधा आकाश जस्ता नारा बेलाबेला शब्दमा सुन्न पाइन्छ । यस्ता शब्द सत्तामा रहेकाले बढी फलाक्ने गर्छन् । के उनीहरुको सत्ताले यही नारा अनुरुप व्यवहार गरेका छन् ? शासकले देखाउने रवाफ र फलाक्ने शब्द आपसमा मेल नहुँदा नै नारी आज पनि कुण्ठित र दबित भएर बाँच्नुपरेको छ । यदी एउटै सिक्काका २ पाटा व्यवहारमा लागु गरिएको भए सार्वजनिक क्षेत्रमा महिलाको उपस्थिति वजनदार मात्र हुने थिएन, नेपाली समाजको विकासका गति नै छुट्टै हुने थियो । आज देशको परिवेश बदलिँदो छ । सामाजिक र आर्थिक सम्बन्ध र यसका आयाम तीव्र गतिमा बद्लिँदैछ । यस्तो बदलावको अवस्थामा पनि पुरुषवादी सामाजिक सोंचमा परिवर्तन आउन सकेको छैन । जुन आजका नारीका लागि मात्र होइन समाज र स्वयं पुरुषका लागि पनि घाटा छ ।
हामी समाजका चोकचोकमा समानताको नाराको जुलुस लगाउँदै हिँड्छौ । यस्ता नारा–जुलुस पनि अब त महिला दिवस जस्ता दिवस आउनुपर्ने अवस्था आएको छ । राजनीतिक दलका महिला संगठन भोटमा मात्र सीमित छन् । कम्तिमा महिलाको उपस्थितिका बारेमा बहस र छलफलसमेत नचलाउने अवस्थामा आइपुगेका छन् । बिडम्वना त यहाँ हुन्छ कि दिनभर महिलाको पक्षमा भाषण दिनेहरु नै घरमा सजाउने गुडियाको दर्जामा राख्छन् । अझै पनि महिला दोस्रो दर्जाको व्यवहार भोग्न सीमित छन् । यसका पक्षमा बोलिदिने राजनीतिक पार्टी छैनन्, सरकारको त के कुरा गर्ने र ।

विश्वमा महिलाले धेरै क्षेत्रमा धेरै रेकर्ड राखिसकेका छन् । नेपालमा पनि विभिन्न कालखण्डमा महिला आफ्नो भूमिका स्थापित गरिसकेको इतिहासमा पढ्न पाइन्छ । धर उनीहरुले त्यतिबेला भोगेको सामाजिक समस्या र अहिलेको समस्यामा फरक आए पनि पुरानै सोंचाइ अहिले पनि हाबी हुनु दुखद र खेदजनक छ ।
सामाजिक क्षेत्रमा स्थापित महिलालाई महिला भएकै कारण सम्मान दिन सकेका छैनन् । पुरुषको दबदबा रहेको समाजमा महिलालाई हेर्ने दृष्टिकोण पुरुषवादी नै हुनु स्वभाविक नै हो, तर महिलाले पनि केही गर्न सक्छन्, उनीहरु पनि हामी जस्तै मान्छे हो भन्ने मान्यता दिन उनीहरु जहिल्यै चुकिरहेका छन् ।
कुनै महिला आफ्नो पहिचान बनाउन संघर्षमा छ भने उनलाई स्वीकार्ने भन्दा दुत्कार्ने, सहयोग गर्ने भन्दा खिल्ली उडाउने प्रवृत्ति जहाँको त्यहीं छ । यतिसम्म कि सम्बोधनमा हेपाहा प्रवृत्ति, बैनी तिमी नानी जस्ती भन्ने, छुन खोज्ने, हिंसात्मक व्यवहार देखाउने प्रवृत्ति सामाजिक क्षेत्रका मै हुँ भन्नेहरुबाटै भोग्नुपरेको छ ।
व्यावसायिक सम्बन्धमा भन्दा व्यक्तिगत सम्बन्ध जोड्ने र अनुचित कार्य गर्न खोज्ने अहिले पनि सार्वजनिक कार्यक्रममा भाषण दिइरहेका हुन्छन् । कामको, विचारको कुरा गर्दा त्यसले के जानेकी छ र भन्ने खालको हेपाहा प्रवृत्ति देखाउँछन् उनीहरु ।जो कोहीलाई पनि सम्मानजनक व्यवहार देखाउनुपर्ने सम्मानितहरुको धर्म हो । यहाँ त सम्मानित हुन अरुलाई हेप्ने प्रवृत्ति छ । महिला कुनै संस्था वा क्षेत्रको प्रमुख भइरहेका छन् । आफ्नो क्षेत्रमा उदाहरणीय काम गरिरहेका छन् । तर उनीहरुलाई समेत पुरुषवादी सोँच पाल्नेहरु सम्मानपूर्वक व्यवहार देखाउँदैनन् । घरबाट निस्केपछि महिलालाई घर तथा समाजमा नै बोझ सम्झिने, विश्वास नगर्ने, धेरै नाटक गर्ने र उनीहरुको परीक्षण नै नगरी क्षमता छैन भनेर हेप्ने दिन अझै कति दिन सहनुपर्ने हो ? के सधैं पुरुषवादी सोंच रहिरहँला ? धेरै हण्डर र ठक्कर खाएर अघि बढिरहेका महिलालाई अझै पनि नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा भिख कुरेर बसेको जस्तो व्यवहार देखाउँछन् । स्वतन्त्रताका लागि धेरै महिलाले ज्यान दिएका छन् । आन्दोलनका समयमा नेपालका राजनीतिक दलको एजेण्डा पनि महिला मुक्तिका ठूलाठूला कुरा गर्छन् । जब सत्तामा जान्छन्, पार्टीको र सरकारको एजेण्डामा महिला कहिल्यै पर्दैनन् । यस्तो किन हुन्छ ?

अहिले मुलुकको शासकीय स्वरुप बदलिएको छ । एकात्मक राज्यको ठाउँ अहिले संघीय व्यवस्थाले लिएको छ । संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले काम गरिरहेका छन् । उनीहरु आ–आफ्नो ठाउँबाट महिला उत्थान या मुक्तिका लागि के काम गर्दैछन् ? महिलाले अनुभूति गर्ने गरी उनीहरु साँच्चै समानताको व्यवहार देखाएका छन् त ? छैन । किन कि महिला भनेको उनीहरुलाई सत्तामा पुग्ने भ¥याङमात्र भएको छ ।
अब हामी महिलाले पनि हिसाब गर्नुपर्ने दिन आएको छ । कुनै अमुक पार्टीले वा कसैले दिएर भन्दा पनि हाम्रो अधिकारका लागि हामी आफंै जागरुक हुनुपर्ने बेला आएको छ । घरभित्र होस् या बाहिर समाजका हरेक ठाउँमा महिला भए नभएको विचार गर्नुपर्ने बेला आएको छ । संविधानले राज्यका सबै तह समावेशी हुनुपर्ने र कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने व्यवस्था गरिसकेको छ । संविधानले गरेको यो व्यवस्था पालना नगरी कुनै पनि ठाउँमा पुरुषको एकलौटी अब गैरसंवैधानिक हुन्छ । के उनीहरु महिलालाई हेप्न वा देखाउन गैर संवैधानिक काम गर्न तयार भएका हुन् ?
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।

Check Also

पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । पोखरा न्युरोड स्थित भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *