Sunday , August 25 2019
Breaking News
Home / बिजनेस / १५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

नेपालयटाईम्स/१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

काठमाडौं – १५ करोड रुपियाँ बराबरको कारोबारसँगै राजधानीमा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ आजबाट सकिएको छ । मेलामा करिब ४ लाख बढी अवलोकनकर्ता आएको आयोजकले दाबि गरेका छन् ।

१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला
१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको थियो भने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उद्घाटन गररिएको यस मेलाको समापन, विशेष कार्यक्रम बिच आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पन्डितले गरेका हुन् ।

नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम गरि प्रदर्शनी सकिएको हो ।
पाँच दिनसम्म चलेको उक्त मेलामा २०५ वटा स्टल , उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी , चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्रा्ष्ट्रिय स्टल राखिएको थियो ।

 

१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला
१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

मेलामा प्रतिनिधि सभा उपसभामुख शिवमाया तुम्बहाम्फे, राष्ट्रियसभा तथा प्रतिनिधि सभाका सांसद, पूर्व मन्त्री, पूर्वप्रधान सेनापति, सरकारी तथा गैरसरकारी निकायका जिम्मेवार व्यक्तित्वलगायत सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला
१५ करोड रुपियाँको कारोबारसँग सकियो अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला

फोटो दीपेश बराल

Read This Also

पर्यटनको पर्खाइमा माछापुच्छ्रे पैदलमार्ग

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *