Sunday , August 25 2019
Breaking News
Home / नेपाल / अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, घाइते चार जनाको उपचार हुँदै

अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, घाइते चार जनाको उपचार हुँदै

नेपालयटाईम्स अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, घाइते चार जनाको उपचार हुँदै

अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, घाइते चार जनाको उपचार हुँदै
अष्ट्रेलियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, घाइते चार जनाको उपचार हुँदै

अष्ट्रेलियाको सिड्नीबाट अल्बरीतर्फ जाँदै गरेका पाँच नेपाली सवारी कार दुर्घटनामा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ । न्यूसाउथवेल्स प्रहरीका अनुसार मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । आचार्य पाँच जना सवार कारको अघिल्लो सिटमा बसेका थिए ।
गाडी तिव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको र बल्ड्याङ खाँदै दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

बिहीबार विहान करिब साढे सात बजेको यो घटनामा कार चालक बलराम पराजुली गम्भीर घाइते भएका छन् । उनको उपचार अल्बरी अस्पतालमा हुन नसकेपछि क्यानबेरा रेफर गरिएको छ । त्यहाँ उनको उपचार जारी रहेपनि स्थिति चिन्ताजनक रहेको बताइएको छ । यस्तै कारको पछिल्लो सिटमा बस्ने तीनजना अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार अल्बरी अस्पतालमा भइरहेको छ । घटना ह्युम हाईवे मुलेन्ड्रामा भएको हो । पछिल्लो सिटमा बसेका तीनैजनालाई ईमर्जेन्सी सर्भिसले कारको पछिल्लो सिटमा च्यापिएको अवस्थामा उद्धार गरेको हो । गम्भीर घाइते चालक पराजुलीलाई भने हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । प्रहरीले घटनाका प्रत्यक्षदर्शी या यस विषयमा केही जानकारी भए क्राईम स्टपर्स १८०० ३३३ ००० नम्बरमा फोन गरेर जानकारी उपलब्ध गराउन पनि आह्वान गरेको छ ।

पछिल्लो समय नेपाली विद्यार्थीहरु सडक दुर्घटना, पानीमा डुबेर लगायतका घटनामा पर्ने क्रम बढेको छ । घटनाको कारणका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

Source : MY NEPAL TELEVISION

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *