Sunday , August 25 2019
Breaking News
Home / पर्यटन / पर्यटन प्रवद्र्धन गर्न पाहुनालाई निम्तो

पर्यटन प्रवद्र्धन गर्न पाहुनालाई निम्तो

नेपालयटाईम्स
काठमाडौ – आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पोखरेली व्यवसायी निकै कस्सिएका छन्, जाउँ पोखरा अभियान २०७५ लिएर राजधानी आएका व्यवसायीहरुले पाहुनालाई पोखरा भ्रमणको निम्तो गरेका छन् । जाऔ पोखरा अभियानको दर्जनौ श्रृखला संचालन गरेका व्यवसायीहरुले आन्तरिक भ्रमण वर्षलाई थप प्रभावकारी बनाउन अभियान लिएर राजधानी आएको पश्चिमान्चल होटेल व्यवसायी संघका अध्यक्ष विकल तुलचनले बताए । पर्यटकीय राजधानीको उपमा पाएको पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दछ । प्रकृति संस्कृति सभ्यतासंगै पर्यटन उद्यममा अग्रणी रहेको पोखरामा थप पाहुनालाई निम्त्याउन व्यवसायीहरु देश दौडाह अभियानमा छन् ।

पर्यटन प्रवद्र्धन गर्न पाहुनालाई निम्तो
पर्यटन प्रवद्र्धन गर्न पाहुनालाई निम्तो

माछापुच्छे फेवा बाहेक दर्जनौ ताल हिमाल र संस्कृतिको संगम पोखरा विश्वको पर्यटकीय गन्तव्यमा पर्दछ । कुल भ्रमण गर्ने विदेशी तथा स्वदेशी पाहुनामा करिब ३० प्रतिशत पोखरा पुग्ने गरेको अनुमानित तथ्याँक छ । संघीय सरकारको भ्रमण वर्ष २०२० आयोजना, गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ जारी रहेको बेला व्यवसायीहरुले संचालन गरेको अभियानको निकै अर्थ छ । संघीय सरकार,प्रदेश सरकार र निजी क्षेत्रको अगुवाइमा भईरहेका पर्यटन प्रवद्र्धनका कार्यक्रम निकै महत्वपूर्ण रहेको हानकी प्रथम उपाध्यक्ष सिर्जना राणाले बताईन्, संघीय सरकारले भ्रमण वर्षको कार्यक्रम कार्यान्वन चरण लगिसकेको बेला पूर्वाधारको विषय चुनौति भएको उपाध्यक्ष राणाले प्रतिक्रृया दिइन् । पूर्वाधारमा सुधार ल्याउन सके नेपालको पर्यटन क्षेत्रले गति लिने दावी गरिन् । पछिल्लो समय राज्यले पूर्वाधारमा जोड दिएको छ, तर अझै पर्याप्त हुन सकेको छैन । पूर्वाधारकै अभावमा गन्तव्यसम्म पुराउन अझै कठिन छ राणाले भनिन ।

निजी क्षेत्रको अगुवाईमा चलिए पोखरा कार्यक्रम लिएर भारतका विभिन्न शहरमा प्रवद्र्धनका कार्यक्रम हुदै आएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा पुराउन व्यवसायीहरुको अभियान जारी छ । पर्यटन क्षेत्रले पोखराको अर्थतन्त्रलाई मद्दत गरेको छ । वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सीलको प्रतिवेदन अनुसार कुल ग्राहस्थर््ा उत्पादनमा ७.५ प्रतिशत योगदान र १० लाख रोजगारी दिएको छ । अर्थतन्त्रको मेरुदण्ड पर्यटन भएपनि समय सापेक्ष नीति र कार्यक्रमको सही तर्जुमा र कार्यान्वयन हुन नसक्दा पर्यटन क्षेत्रले अपेक्षाकृत परिणाम ल्याउन नसकेको पर्यटन पत्रकार महासंघ(नेफ्टोज) का केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले बताए । संरक्षणमा आधारित दीगो पर्यटन विकासको पक्षमा महासंघले वकालत गर्दै आएको प्रष्ट्याए । प्रकृति र संस्कृतिको संरक्षण विना नेपालको पर्यटन दीगो नहुनेमा जोड दिदै निजी क्षेत्र पनि संरक्षणमा जुट्नु पर्ने सुझाए ।

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *