Sunday , August 25 2019
Breaking News
Home / पर्यटन / ऐतिहासिक स्थल झण्डाचूलीमा झण्डोत्तोलन

ऐतिहासिक स्थल झण्डाचूलीमा झण्डोत्तोलन

ऐतिहासिक स्थल झण्डाचूलीमा झण्डोत्तोलन

धादिङ – पर्यटनको प्रचुर सम्भाबना बोकेको धादिङ, मकवानपुरको ऐतिहासिक संगम स्थल झन्डा चूलीमा झन्डोत्तोलन कार्यक्रम सम्पनन गरीएको छ । धादिङको थाक्रे गाउँपालिका, गल्छी, गजुरी गाउँपालिका, मकवानपूरको थाहा नगरपालिका र नजिकै कैलास गाउपालिकाको संगम स्थल झन्डाचुलीमा नेपालको झण्डा फरफराएको छ २०३२ सालमा मकवानपूर र धादिङको सिमान छुटउने बेलामा गाडिएको झन्डा भएको ठाउँमा पुन नेपालको झण्डा त्तोलन गरीएको हो ।

ऐतिहासिक स्थल  झण्डाचूलीमा झण्डोत्तोलन
ऐतिहासिक स्थल झण्डाचूलीमा झण्डोत्तोलन

पर्यटनकोे प्रचुर सम्भावना रहेको यस ठाउँ प्रचारप्रसार गर्न कुनै कसर राख्न नहुनेमा स्थानियले जोड दिएका छन् ।

कार्यक्रमका अतिथि प्रदेश ३ योजना आयोगका माननिय श्याम बस्नेतले प्रदेश मातहतबाट यस क्षेत्रका लागी बजेटको व्यवस्ता गर्ने बताउनु भएको छ ।
त्यस्तै विशेष अतिथि संघिय सांसद भूमि त्रिपाठीले यस क्षेत्रलाई गाजाँ टेकिङ रुटको नाम राखि पर्यटनको विकाशमा लाग्ने तयारी भईरहेको बताउनु भयो । यस क्षेत्रमा जे उत्पादन हुन्छ त्यस लाई प्रोमोट गरी पर्यटन विकास गर्ने बताउनु भयो ।
र प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा।पुष्प कडेलले आफूले यस महाभारत लेक क्षेत्रको विकाश र पर्यटन प्रर्बद्धनमा सहयोग गर्ने प्रतिबद्धता जायर गर्ने भएको छ ।
कार्यक्रममा अन्य अतिथिहरु जि स स का अध्यक्ष जगन्नाथ नेपाल, टान का प्रथम उपाध्यक्ष जीवन थापा मगर, गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिम्लसिना समाजसेबी गोकर्ण रुपाखेती, नरेस खतिवडा, थाक्रे वडा न ६ का वडा अध्यक्ष पुर्ण बाहादुर कार्र्की लगायत विभिन्न नेता, समाजसेबी पत्रकार, तथा स्थानिय समुदायको उपस्थिती रहेको थियो ।

Photo: Jiban Thapa Magar

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *