Sunday , August 25 2019
Breaking News
Home / नेपाल / ग्रीनल्याण्ड पब्लिक स्कुलद्वारा पानीको बोत्तल राख्ने केज प्रदान

ग्रीनल्याण्ड पब्लिक स्कुलद्वारा पानीको बोत्तल राख्ने केज प्रदान

चितवन। विश्व वातावरण दिवसको अवसर पारेर ग्रीनल्याण्ड पब्लिक स्कुलले भरतपुर महानगरपालिकालाई पानीका खाली बोत्तल राख्ने केज प्रदान गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले प्रदान गरेको केज चौबिसकोठीमा राखिएको छ । पानी खाएर बोत्तल जथाभावी फाल्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि केज प्रदान गरिएको विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले बताउनुभयो । सफा सहर निर्माणका लागि नागरिक जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै कार्कीले सरसफाइ गर्ने दायित्व राज्यको मात्रै नभएको बताउनुभयो । सो कार्यक्रममा भरतपुर महानगरपालिका वातावरण शाखाकी जानुका केसीले मानवीय व्यवहारमा परिवर्तन नभएसम्म नगर सफा राख्न नसकिने बताइन् । आफूले गरेको फोहोर आफै सफा गर्नुपर्ने केसीको भनाइ छ । चौबिसकोठीमा केज राख्ने कार्यक्रममा वे ग्रुपका संयोजक भोजनारायण कँडेलले आफूहरुले निरन्तर सरसफाइ अभियान जारी राखेका बताए । सो कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरी, विद्यालयका शिक्षक, वे ग्रुपका सदस्यहरुको सहभागिता रहेको थियो ।

Check Also

वरिष्ठ कलाकारलाई सम्मान गर्दै चितवनमा साईनोको बिशेष शो भव्य रुपमा सम्पन्न

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा मेट्रो फर्निचर चलचित्र “साईनो” को बिशेष शो भव्य …

Leave a Reply

Your email address will not be published. Required fields are marked *