Wednesday , September 18 2019
Breaking News
Home / मनोरन्जन / टोल स्तरिय बाल गायन प्रतियोगिता आयोजना हुने

टोल स्तरिय बाल गायन प्रतियोगिता आयोजना हुने

मिति २०७६।०२।२५ गतेको दिन समुन्नति बाल क्लबले वडा नं १७ मा टोल स्तरिय गायन प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा नं १७ का वडा अध्यक्ष भगवानलाल शाहको प्रमुख आतिथ्यतामा सञ्चालन हुने सो कार्यक्रममा टोल भरीका १८ वर्षमुनीका बाल बालिकाले सहभागिता जनाउन सक्ने कार्यक्रमका संयोजक बिबेक गिरीले जानकारी गराउनु भएको छ ।

बाल बालिकाको आन्तरिक क्षमता प्रष्फुटन गर्ने उदेश्यले आयोजना हुने यो कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ । उक्त कार्यक्रम आउदो शनिबार बिहान ९ः३० बजे जयलक्ष्मी दीप टोलको हटिया लाइन बालग्राम चोकमा आयोजना हुने छ । कार्यक्रममा सहभागी हुन चाहने इच्छुकले सोही दिन नाम दर्ता गर्न सक्नेछन ।

Check Also

ग्राहकको हामी प्रतिको विश्वास र सद्भावका कारण यो स्थानमा आउन सफल भएका हौं : प्रबन्धक लामा

पछिल्लो समय चितवनमा दुई पाङ्ग्रे सवारी साधनको प्रयोग संगै चार पाङ्ग्रे नीजि सवारी साधनको प्रयोग …

Leave a Reply

Your email address will not be published. Required fields are marked *