Sunday , August 25 2019
Breaking News

गजल

                                      – शुष्मा कंडेल

बोधै खुकुरी भए हुन्छ धार पो किन चाहियो र ?

म त तेसै नै सुन्दरी छु हार पो किन चाहियो र ?

धेरै कुराहरु बुझ्न चाहन्छौ भने मेरा तिमिले
उपन्यास नै पढे हुन्छ सार पो किन चाहियो र ?

नन्दनको सपनाहरु न देखाउ भो मलाई यहाँ
प्रकृतिमै रमाएकी छु प्यार पो किन चाहियो र ?

छोटो यो जिन्दगीमा गन्तव्यमा पुग्नु छ मलाई
पैदल यात्रा गर्न सक्छु कार पो किन चाहियो र ?

भारी मनलाई लट्ठ पार्न मधुर मुस्कान भए पछि
यो मन र त्यो मन जोड्न तार पो किन चाहियो र ?

भावुक बनी बिम्ब भित्र नै विलिन भए पछि
त्यसै म त एक्लै छु आधार पो किन चाहियो र ??

Check Also

पोखराको न्युरोडमा भीषण आगलागी

पोखराको न्युरोडमा भीषण आगलागी भएको छ । पोखरा न्युरोड स्थित भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *