Wednesday , September 18 2019
Breaking News
Home / नेपाल / भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल विजयी

भरतपुर अस्पताल कर्मचारी युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल विजयी

 

– जय पाठक (जे.पी.)

चितवन । भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल विजयी हुनु भएको छ । भरतपुरमा भएको ७ औ अधिवेशनले बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।युनियनको उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा , सचिवमा शिव प्रसाद बसेल , कोषाध्यक्षमा बिद्या शर्मा र सह-सचिवमा प्रज्वल श्रेष्ठ विजयी भएका छन् । यसैगरी सदस्यहरुमा अस्मिता ज्ञवाली, सर्मिला ढकाल, बुधलाल गुरूङ र राजनबाबु तिवारी विजयी भएका छन् । भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियन अस्पतालमा कार्यरत कर्मचारीहरूकाे हकहितको लागि काम गर्दै आएको साझा संस्था हाे ।

Check Also

चलचित्र “मिस्टर नेपाली” मा भुबन केसी र रीमा विश्वकर्मा “नाचौँ न छम्म छम्म” गर्दै आए

चलचित्र “मिस्टर नेपाली” को “नाचौँ न छम्म छम्म” बोलको गीत सार्वजनिक भएको छ । चलचित्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *