Wednesday , July 17 2019
Breaking News
Home / मनोरन्जन / चलचित्र ‘साईनो’ को दोस्रो गीत ‘कुन मायाको साईनो’ गीत सार्वजनिक

चलचित्र ‘साईनो’ को दोस्रो गीत ‘कुन मायाको साईनो’ गीत सार्वजनिक

नेपाली चलचित्रकी प्रथम नायिका तथा वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साईनो’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘कुन मायाको साईनो’ बोलको गीतको लिरिकल भिडियो रिलिज भएको हो । गीतमा नीता ढुंगाना, मीरुना मगर र राज कुमार बीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । एलिश कार्कीद्वारा संगीतवद्द गीतमा प्रताप दास र जीना रसाइलीको स्वर रहेको गीतलाई राजेशकुमार श्रेष्ठले लेखेका हुन् भने रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् । यही साउन २४ गते रिलिज हुने चलचित्रमा नीता, मिरुना र राजसँगै नेपालकै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली लगायतका कलाकारहरुको अभिनय छ । अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् ।

Check Also

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने भोली मंगलवार राति ०१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *