Wednesday , July 17 2019
Breaking News
Home / मनोरन्जन / चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक

चलचित्र साइनोको ट्रेलर सार्वजनिक भएको छ । नेपालकी प्रथम नायिका भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र ‘साइनो’ को सार्वजनिक ट्रेलरमा मिरुना मगर, राजकुमार र नीता ढुंगाना बीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । चलचित्रमा मिरुना, राज र नीताका अलवा भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रमा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ । चलचित्र साउन २४ गतेबाट प्रदर्शन हुँदैछ ।

Check Also

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने भोली मंगलवार राति ०१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *