Wednesday , July 17 2019
Breaking News
Home / नेपाल / बालिका तथा बृद्धाबृद्धा सँग मनाए बरिष्ट तथा समाजसेवी लोकदोहोरी गायिका सरुले जन्मदिन

बालिका तथा बृद्धाबृद्धा सँग मनाए बरिष्ट तथा समाजसेवी लोकदोहोरी गायिका सरुले जन्मदिन

नेपाली लोक संगीतको हस्ती नै मानिएकी प्रथम लोकदोहोरी महिला उद्यमी व्यवसायी बरिष्ट तथा चर्चित लोकदोहोरी गायिका समाजसेवी धनकुमारी थापा “सरु” ले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालिका तथा बृद्धाबृद्धालाई खाना खुवाउनु भएको छ । बरिष्ट तथा समाजसेवी लोकदोहोरी गायिकाले बुढानिलकण्ठ नगरपालिका टोखा स्थित पबित्र सेवा समाज नेपालमा रहेका बालिका तथा बृद्धाबृद्धालाई आर्थिक सहयोग गर्दै खाना खुवाउनु भएको हो । आफ्नो जन्मदिनको अवसरमा बृद्धाबृद्धा तथा अनाथ बालिकाहरुलाई खाना खुवाउन पाउनु आफ्नो सौभाग्य भएको बरिष्ट तथा समाजसेवी लोकदोहोरी गायिका थापाले बताउनुभयो । जन्मदिनको अवसरमा हजारौं पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो अनाथ बालिका तथा बृद्धाबृद्धको सेवा गर्नु पाउदा निकै नै खुशी लागेको उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष दिक्षा चापागाईका अनुसार पबित्र सेवा समाज नेपालमा ६२ जना अनाथ बालबालिका तथा बृद्धाबृद्धा रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको बताउनु भयो । उक्त कार्यक्रममा संचारकर्मी सुर्य चन्द, समाजसेवी तथा नेत्री भगवती खड्का, निर्मला थापा, माया दंगाल, अन्जु लगायतका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

 

Check Also

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने

२ घण्टा ५८ मिनेट सम्म खण्डग्रास चन्द्रग्रहण नाङ्रगो आँखाले हेर्न सकिने भोली मंगलवार राति ०१ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *