Wednesday , September 18 2019
Breaking News
Home / नेपाल / पन्तले गरिन् सात दिने गुडिया र कुशन बनाउने तालिम

पन्तले गरिन् सात दिने गुडिया र कुशन बनाउने तालिम

चितवन । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर १२ मा ७ दिने गुडिया तथा कुशन बनाउने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । मिसेस चितवन २०१९ थर्ड रनर अप प्रतिक्षा पन्तको आयोजनामा ७ दिने गुडिया र कुशनमा दक्षता विकास प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर–१२ मा सुरु भएको प्रशिक्षण कार्यक्रममा भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख शाहले यस्ता किसिमको कार्यक्रमले विशेषगरी घरमा बस्ने महिला दिदिबहिनीहरुलाई प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुलका प्राचार्य इन्दिरा कार्की , मिसेस चितवन २०१९ का आयोजकद्धय दुर्गा घिमिरे र मिना झा, मिसेस चितवन जमुना श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुलका सह– प्राचार्य उपेन्द्र आर्चाय , मञ्जुश्री असहाय संरक्षणकी मन्जु खाडँ लगायतको उपस्थिती रहेको थियो रहेको थियो । ७ दिनसम्म दिईने तालिममा ३४ जना प्रशिक्षार्थी महिलाहरुको सहभागीता रहेको छ । प्रशिक्षार्थीलाई मिसेस चितवनकी प्रतियोगी प्रतिक्षा पन्ती बरालीले प्रशिक्षण दिईरहेकी छिन् । कार्यक्रममा मिसेस चितवन फस्ट रनर अप प्रभा अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संचारकर्मी मनोज पन्तले संचालन गर्नुभएको थियो ।

Check Also

चलचित्र “मिस्टर नेपाली” मा भुबन केसी र रीमा विश्वकर्मा “नाचौँ न छम्म छम्म” गर्दै आए

चलचित्र “मिस्टर नेपाली” को “नाचौँ न छम्म छम्म” बोलको गीत सार्वजनिक भएको छ । चलचित्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *