Wednesday , September 18 2019
Breaking News
Home / Features News / रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’

रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’

रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’
– नेपालयटाईम्स

रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’
रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’

नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरुभएको रारामार्ट ब्राण्डले नेपालबाट समेत सेवा प्रारम्भ गरेको छ । करिब ६ महिना अघिदेखी नेपालमा रारामार्ट डटकम नामबाट संचालनमा आएको रारामार्टले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सपिङ्ग गर्दा परिवारको निशुल्क स्वस्थ्य उपचार दिने घोषणा गरेको छ ।

रारामार्ट नेपालका अध्यक्ष तथा उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् । यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सार्वजानिक भएको कम्पनीका अध्यक्ष पाण्डेले बताए ।

अध्यक्ष पाण्डेका अनुसार रारामार्टका ग्राहकले पाउने स्वास्थ्य बीमा सुबिधा न्यूनतम् २५ हजार र अधिकतम् १ लाख रुपैयाँ हुनेछ र सुबिधा रारामार्टमा रहेका करिब २५ हजार प्रडक्टहरु मध्ये जुनसुकै प्रडक्टहरु खरिद गर्दापनि यो सुबिधा प्राप्त गर्न सकिने छ ।उनले बीमा दाबी र भुक्तानी सम्बन्धी प्राबधानहरु नेपालको बीमा सम्बन्धी ऐन तथा बीमा समिती नेपालको निर्देशिकाहरुमा गरिएको प्रचलित व्यवस्था अनुरुप प्रिमियर ईन्स्योरेन्स कम्पनी लि.बाट प्राप्त गरिने छ ।

रारामार्ट ईकमर्श प्लाटफर्म हो जसमा करिब २५ हजार प्रडक्टहरु सुचिकृत रहेका छन् । ग्राहकहरुले आफुले चाहेको सामानहरु ईन्टरनेटको माध्यमबाट खरिद गर्न सक्छन भने बिक्रेताहरुले पनि आफ्ना बस्तुहरु रारामार्टको प्लाटफार्ममा दर्ता गरी बिक्री बितरण गर्न सक्छन ।
अध्यक्ष पाण्डेका अनुसार रारामार्टले पहिलो पटक काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरुगरिएको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् । यदी त्यस्ता सामानहरु कथंकदाचित बिक्री भईहालेमा त्यसलाई बिनासर्त फिता गरिने छ’ । उनले थपे, ‘ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ’ ।

अध्यक्ष पाण्डेका अनुसार, रारामार्टमा रहेका प्रडक्टहरुको मुल्य अत्यन्त प्रतिशप्रर्धी र न्यून रहेको छ । मुनाफा मार्जिन घटाएर बिक्रीको संख्या बढाउने रणनीति रारामार्टको रहेको पनि उनले जनाए । रारामार्टमा हाल करिब १ हजार भन्दा बढि बिक्रेताको करिब २० हजारभन्दा बढी सामानहरु रहेको छ ।

कार्यक्रममा रारामार्ट जापानका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले रारामार्ट नेपाल यतिबेला आक्रामक कार्यक्रमहरु बनाएर अघि बढिरहेको र नेपालको उत्साहप्रद व्यसायीक बिस्तारले आँफुहरुलाई हौसाईरहेको बताए । उनले रारा ग्रुपले अमेरिकामा कम्पनी दर्ता गरिसकेको र सन् २०२० मा अमेरिकाबाट पनि कार्य प्रारम्भ गर्नेछ । कार्यक्रममा रारामार्ट जापान तथा अमेरिकाका प्रतिनिधीको पनि उपस्थिती रहेको थियो ।

जापानिज भाषा अध्ययनका लागि नेपालमा ई-लर्निङ सेवा सुरु

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *