Wednesday , September 18 2019
Breaking News
Home / बिजनेस / रारामार्ट अनलाईनको घोषणा : हरेक शुक्रबार अनलाईन हाटबजार, शुक्रबारलाई ‘सपिङ्ग–डे’ का रुपमा स्थापित गरिने

रारामार्ट अनलाईनको घोषणा : हरेक शुक्रबार अनलाईन हाटबजार, शुक्रबारलाई ‘सपिङ्ग–डे’ का रुपमा स्थापित गरिने

रारामार्ट अनलाईनको घोषणा: हरेक शुक्रबार अनलाईन हाटबजार, शुक्रबारलाई ‘सपिङ्ग–डे’ का रुपमा स्थापित गरिने
– नेपालयटाईम्स

रारामार्ट अनलाईनको घोषणा
रारामार्ट अनलाईनको घोषणा

काठमाडौं नेपालीहरुको अगुवाईमा जापानबाट शुरुभएको रारामार्ट अनलाईन सपिङ्ग ब्राण्डले नेपालमा समेत आफ्नो सेवा प्रारम्भ गरेको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच रारामार्ट नेपालले एक अनौठो कार्यक्रमको घोषणा गरेको छ । अबदेखी हरेक शुक्रबारलाई अनलाईन हाटबजारका रुपमा भारी छुटमा सामानहरु बिक्री गरिने गरी ‘रारा फ्राईडे’ सार्वजानिक गरिएको छ ।

नेपालमा भौतिक रुपमा हाट बजार रहेपनि अनलाईनमा हाट बजार सुरु गरिएको भने यो पहिलो पटक हो । कुनै ठाउँ बिशेषमा भौतिक रुपमा हाट बजार लागेपनि सबै उपभोक्ताहरुलाई उक्त ठाउँमा पुगेर सामान किन्न असम्भव हुनेहुँदा रारामार्टले ईन्टरनेटको माध्यमबाट सबैलाई पहुँच पुर्याउन यस्तो कन्सेप्ट सुरुगरेको आयोजकहरुले बताएका छन । रारा फ्राईडे भोली श्रावण २४ गते देखी हरेक हप्ता शुक्रबार राति १२ः०० बजेदेखी २४ः०० बजेसम्म रहने छ । आयोजकहरुका अनुसार भोली शुक्रबार रारा फ्राईडेमा तीज बिशेष बस्तुहरु न्यूनतम् ५० प्रतिशत छुटमा बिक्री हुनेछ ।

कार्यक्रममा रारामार्ट नेपालका अध्यक्ष प्रदिपजंग पाण्डेले रारा फ्राईडे मार्फत नेपालमा हरेक शुक्रबारलाई सपिङ्ग–डेका रुपमा बिकाश गर्न लागिएको बताए । ‘रारा फ्राईडे मार्फत नेपाली उपभोक्ताहरुले सस्तो मुल्यमा सामानहरु पाउने र बिक्रेताले पनि स्टक क्लियरिङ्गका लागी ठुलो परिमाणमा बिक्री बितरण गर्न सक्नेछन्’ कम्पनीका अध्यक्ष पाण्डेले भने ।

कम्पनीको सेवा सुबिधाबारे कम्पनीका अध्यक्ष पाण्डेले पहिलो पटक रारामार्टले काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरु गरेको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् । यदी त्यस्ता सामानहरु कथंकदाचित बिक्री भईहालेमा त्यसलाई बिनासर्त फिता गरिने छ’ । उनले थपे, ‘ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ’ ।

यसैबिच रारामार्टले आफ्नो वेभसाईटबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारको निशुल्क स्वस्थ्य उपचार दिने पनि घोषणा गरेको छ । रारामार्ट नेपालका अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् ।

रारामार्ट नेपालका कार्यकारी निर्देशक डा. जीवन अम्गाईका अनुसार यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सार्वजानिक भएको हो । उनका अनुसार ग्राहकले आँफुले चाहेको जुनसुकै अस्पतालमा गएर उपचार गरेपनि आफ्नो बीमाको परिधी भित्र रहेर आफ्नो परिवारको लागी स्वास्थ्य उपचार खर्च प्राप्त गर्न सक्नेछन ।

उनका अनुसार रारामार्टका ग्राहकले पाउने स्वास्थ्य बीमा सुबिधा न्यूनतम् २५ हजार र अधिकतम् १ लाख रुपैयाँ हुनेछ र सुबिधा रारामार्टमा रहेका करिब २५ हजार प्रडक्टहरु मध्ये जुनसुकै प्रडक्टहरु खरिद गर्दापनि यो सुबिधा प्राप्त गर्न सकिने छ ।उनले बीमा दाबी र भुक्तानी सम्बन्धी प्राबधानहरु नेपालको बीमा सम्बन्धी ऐन तथा बीमा समिती नेपालको निर्देशिकाहरुमा गरिएको प्रचलित व्यवस्था अनुरुप प्रिमियर ईन्स्योरेन्स कम्पनी लि.बाट प्राप्त गरिने छ ।

कार्यक्रममा रारामार्ट जापानका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले रारामार्ट नेपाल यतिबेला आक्रामक कार्यक्रमहरु बनाएर अघि बढिरहेको र नेपालको उत्साहप्रद व्यसायीक बिस्तारले आँफुहरुलाई हौसाईरहेको बताए । उनले रारा ग्रुपले अमेरिकामा कम्पनी दर्ता गरिसकेको र सन् २०२० मा अमेरिकाबाट पनि कार्य प्रारम्भ गर्ने बताए । कार्यक्रममा प्रिमियर ईन्स्योरेन्स कम्पनीका निमित्त प्रमूख कार्यकारी अधिकृत सहदेब तिवारीले रारामार्टको हेल्थ ईन्स्योरेन्स कार्यक्रममा आफुहरु सहभागी हुन पाएकोमा खुसी लागेको बताउँदै आफ्नो कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउने बताए ।

कार्यक्रममा रारामार्ट जापान तथा अमेरिकाका प्रतिनिधीको पनि उपस्थिती रहेको थियो ।

रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *