Wednesday , September 18 2019
Breaking News
Home / Features News / शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन

शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन

शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन
– नेपालयटाईम्स

शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन
शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन

काठमाडौं साउन २३ । शैलुङ अर्थात सय थुम्काको संगम, प्राकृति, संस्कृती तथा ऐतिहासिक महत्वको धरोहर नियमित पर्यटकको पर्खइमा छ भन्ने सन्देश दिदै ह्याङला दोलखा काठमाडौं तामाङ समाजले शैलुङ भ्रमणको लागि अनुरोध गरेको छ । संघिय राजधानी काठमाडौमा ‘शैलुङ र पर्यटन’ विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन गदे शैलुङको पर्यटन विकासको लागि समाजले अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो ।

अथाहा सम्भावना हुदाहुदै पनि शैलुङमा पर्यटन विकास हुन नसकेको भन्दै तामाङ समाजले उक्त क्षेत्रमा पर्यटन प्रवद्धन कसरी गर्न सकिन्छ यस क्षेत्रमा जाने पर्यटकको सुविधाका लागि आगामी दिनमा के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शैलुङ गाउँपालिका अध्यक्ष भरत दाहाले जानाकारी दिए । उनले भने “शैलुङको प्रकृतिक महत्वलाई यथावत राख्दै पर्यटकिय पुर्वाधार निर्माणमा सबै जुट्न पर्ने जरुरी छ ।, शैलुङ भागबण्डा भन्दा पनि अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन हामी सबै जुट्न आवश्यक छ ।”

कार्यक्रममा पुर्व पर्यटनमन्त्रि आनन्द पोखरेलले शैलुङको बिकास, प्रबर्धनमा स्थानिय निकायको भुमिका नै महत्वपुर्ण हुने र त्यसपछि मात्र संघिय संयत्रको उपस्थिती बनाउन सकिने कुरामा जोड दिए । तथा उनले प्राकृतिक अवस्थितीलाई संरक्षित गर्दै, स्थानिय निकाय नियन्त्रित योजनामा आधारित रहेर निजि क्षेत्रलाई समेत स्वागत गर्न सकेमा पनि शैलुङकै बिकास हुने बताए ।

उक्त बृत्तचित्रमा शैलुङको बिशेषताहरु बुद्धको पाईला, १२ बर्षे मेला लाग्ने गुफा, महादेबको मन्दिर, त्यस क्षेत्रमा पाईने जडिबुटीहरु, १ सय ८ ओटा भन्दा बढी रहेका थुम्का, स्थानीय भेषभुसा र रहनसहनलगायतलाई समेटिएको छ ।

शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन
शैलुङको पर्यटन प्रचार गर्ने उदेश्यले ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शन

काठमाडौंं देखी १ सय ४० किलोमिटर पूर्वको दुरीमा पर्ने दोलखा र दोलखाको सदरमुकाम चरिकोटबाट करिब ५० किलोमिटर दक्षिणतर्फ पर्ने सय वटा थुम्का रहेको स्थान शैलुङमा विशेष गरी शेर्पा र तामाङ जातीको बाहुल्यता रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको शैलुङको विकास निर्माणमा कसरी जुटन सकिन्छ र सो क्षेत्रमा के के गर्न सकिन्छ भनेर समाजले विभिन्न राजनीतिक दल, पर्यटन ब्यवसायी, संघसंस्थालगायत सम्वन्धित निकायसँग तामाङ समाजले अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।

रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *