कुनै ट्याग भेटिएन

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

नेपालय टाइम्स
२०८२ फागुन ७, बिहीबार
११६
टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

Gemini AI सारांश

यो समाचारको मुख्य बुँदाहरू

Gemini AI सोचिरहेछ…

Gemini AI द्वारा उत्पन्न

काठमाडौं : टुँडिखेलमा विशेष समारोह आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र सांगीतिक धुन प्रस्तुत गरिएको थियो ।

बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको हो । राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहित समारोहमा सरिक भएका हुन् । आयोजित समारोहमा सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

यस्तै, समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठितव्यक्तिहरुको सहभागिता रहेको थियो ।

१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।वि.स. २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको थियो । दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिप्पणीहरू


Nepalaya Times