कुनै ट्याग भेटिएन

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔं : प्रधानमन्त्री कार्की

नेपालय टाइम्स
२०८२ फागुन १, शुक्रबार
१२९
देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔं : प्रधानमन्त्री कार्की

Gemini AI सारांश

यो समाचारको मुख्य बुँदाहरू

Gemini AI सोचिरहेछ…

Gemini AI द्वारा उत्पन्न

काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् ।

पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल गरेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन पनि गरेकी थिइन् ।

समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिप्पणीहरू


Nepalaya Times