खोजि गर्नुहोस..

पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु हुने तयारी

नेपाल आयल निगमले भारतको मोतिहारी–अमलेखगन्ज पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आयातको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। निगमले पुस अन्तिम सातादेखि डिजेलसँगै पेट्रोल र मट्टितेल पनि आयात सुरु गर्ने योजना बनाएको छ।

निगमले २०७६ सालदेखि मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेल पाइपलाइनमार्फत आयात गर्दै आएको छ। अहिले पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल सबै आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’को परीक्षण सम्पन्न भएको छ।

मधेस प्रादेशिक कार्यालयका प्रमुखका अनुसार, “परीक्षणका क्रममा पेट्रोल र मट्टितेल अमलेखगञ्ज भण्डारणमा ल्याइएको छ। डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण पूरा भएको छ। अहिले ती संरचनाहरूमा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षण भइरहेको छ।”

यस परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनलाई बहुप्रयोगी बनाउन पेट्रोल र मट्टितेलको ढुवानी सुनिश्चित गरिएको छ। यसले तेल आपूर्ति सहज बनाउनुका साथै आयात प्रक्रियालाई समय र लागतमैत्री बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *