खोजि गर्नुहोस..

मायादेवी गाउँपालिकाद्वारा एकल महिला र विपन्न नागरिकलाई सहयोग सामग्री वितरण

ताैलिहवा । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४, पिपरामा वडाका एकल महिलाहरूलाई प्रेसर कुकर तथा ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई कम्बल वितरण गरिएको छ।
वडा कार्यालयले ८५ जना एकल महिलालाई प्रेसर कुकर तथा ३१० जना नागरिकलाई कम्बल प्रदान गरेको हो। वितरण कार्यक्रम वडा अध्यक्ष अस्फाक अहमद मुसलमानको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, वडा सदस्यहरू हृदयराम यादव, ईनरमती लोध र सर्बवती पासी उपस्थित रहेका थिए।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीले एकल महिला, ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई प्राथमिकता दिँदै आवश्यकतानुसार सामग्री वितरण गरिएको बताए। वडा अध्यक्ष अस्फाक अहमद मुसलमानले लक्षित वर्गलाई निरन्तर सहयोग गर्दै आएको र विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिइरहेको उल्लेख गरे।

प्रेसर कुकर प्राप्त गरेका एकल महिलाहरूले खाना पकाउन सहज हुने भन्दै खुशी व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *