विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका-३ जगदीशपुरमा पानीले भरिएको बाल्टीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार, सुवासचन्द्र गुप्ताका छोरा घरको कौसीमा खेल्ने क्रममा बाल्टीमा खसेर डुबेपछि उनको ज्यान गएको हो। घटना मंगलबार करिब ५ बजेतिर भएको बताइएको छ।
प्रहरीका अनुसार, बालकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ।