कपिलवस्तु । जिल्लाकै अग्रणी सामाजिक संस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्रका पुर्व अध्यक्ष संजय लम्साल गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन । फागुन २६ र २७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशन तथा ३० औं वार्षिक साधारणसभाले लम्साललाई केन्द्रिय उपाध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । लम्साल अघिल्लो कार्यकालमा कपिलवस्तु नगरपालिकाको बरिष्ठ सामाजिक बिकास सल्लाहकार समेत रहेका थिए । त्यसै गरि उनी जिल्लाकै पुरानो अग्रणी शैक्षिक संस्था श्री बुद्धपद्ध माध्यमिक बिद्यालय पुर्व बिद्यार्थी मञ्चको हालका अध्यक्ष समेत हुन ।

गैसस महासंघको सम्पन्न साधारणसभाले अर्जुन भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षमा लम्साल र राजेन्द्र शर्मा, महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द शाही चयन भएका छन । सात प्रदेशबाट नमस्कार शाह, सरिता आङदेम्बे, रामचन्द्र साह, बुद्धशरण लामा, राजेन्द्रप्रसाद पौडेल, जजराज शाही र सावित्रा घिमिरे (बिक) गरि सात प्रदेशको प्रतिनिधित्व गर्ने गरि सात जना सचिव बनेका छन् । महासंघको केन्द्रीय सदस्यहरुमा ध्रुवप्रसाद देव, धर्मलाल रोकाय, लक्ष्मीकुमारी सिंह, धिरा खत्री, विजयकुमार प्रधान, धीरेन्द्रबहादुर सिहं, शोभा खानाल, बालकृष्ण ओझा, रघुबहादुर कठायत, हिरासिंह थापा, सुमन परियार, शिवप्रसाद शर्मा, नागेन्द्र दुवे, गौरा नेपाली, गंगा तामाङ, थिरबहादुर थापामगर, ठाकुरप्रसाद लोहागुन, शिशिर खनाल लगायत रहेका छन । त्यसै गरि केन्द्रिय सदस्य सगैँ लखनलाल शाह कोशी प्रदेश इन्चार्ज, सिर्जना पौडेल सह–इन्चार्ज, यादव सरकार मधेश प्रदेश इन्चार्ज, रुवि मिश्रा सह–इन्चार्ज, पहलमान श्रेष्ठ बागमती प्रदेश इन्चार्ज, पार्वती घिमिरे सह–इन्चार्ज, गोपाल खड्का गण्डकी प्रदेश इन्चार्ज, फुलमाया राना सह–इन्चार्ज, रीमा बिसी लुम्विनी प्रदेश इन्चार्ज, ठाकुर घिमिरे सह–इन्चार्ज, विष्णुदेवी रावल कर्णाली प्रदेश इन्चार्ज, कल्पना रावल सह–इन्चार्ज तथा प्रेमबहादुर महर सुदूरपश्चिम प्रदेश इन्चार्ज र कौशिला चौधरी सह–इन्चार्ज चयन भएका छन् । रिक्त ३ जना केन्द्रीय सदस्य आगामी दिनमा चयन हुने जनाईएको छ ।