मोटरसाइकल ठोक्किएर आगलागी हुँदा जलेर मृत्यु भएका तीन विद्यार्थीको पहिचान खुल्यो

नेपालय टाइम्स
२०८२ चैत २४, मंगलबार
मोटरसाइकल, आगलागी, जलेर मृत्यु

Gemini AI सारांश

यो समाचारको मुख्य बुँदाहरू

Gemini AI सोचिरहेछ…

Gemini AI द्वारा उत्पन्न

महोत्तरी जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा जलेर मृत्यु भएका तीन विद्यार्थीको पहिचान खुलेको छ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।

निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए ।

त्यस्तै, सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन् ।

घाइते तीनै जनाको स्थानीय अस्पतालमा प्रारम्भिक उपचार भइरहेको र थप उपचारका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

जलेश्वरबाट बर्दिबास तर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल बथनाहामा एकापसमा ठोक्किएका थिए।

समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिप्पणीहरू


Nepalaya Times