कुनै ट्याग भेटिएन

संखुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

नेपालय टाइम्स
२०८२ फागुन १, शुक्रबार
९९
संखुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

Gemini AI सारांश

यो समाचारको मुख्य बुँदाहरू

Gemini AI सोचिरहेछ…

Gemini AI द्वारा उत्पन्न

संखुवासभा : आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् । उनका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको हो ।

जिल्लामा १०९ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील, १८ मतदानस्थल सामान्य सूचीमा वर्गिकरण गरिएको छ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ । जिल्लाको अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता छन् ।

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छटपर्‍याइएको छ । अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ । जिल्लामा अति संवेदनशीलता आठ, संवेदनशील ८२ र सामान्य १९ छन् ।

अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता र संवेदनशील मतदानस्थलमा ८६ हजार १३३ मतदाता रहेका छन् । अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ थपलियाले जानकारी दिइन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने छ ।

निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाकासाथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने उनको भनाइ छ । एक निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित  एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा एक सय  ९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । यस पटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । यसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् ।

समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिप्पणीहरू


सम्बन्धित समाचारहरु

नेपाल इटालीसँग १० विकेटले पराजित
२०८२ माघ २९, बिहीबार
चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु
२०८२ फागुन ७, बिहीबार
Nepalaya Times