कुनै ट्याग भेटिएन

६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, देशको माया गर्दा चौतर्फी प्रहार भयो : ओली

नेपालय टाइम्स
२०८२ फागुन १०, आइतबार
७३
६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, देशको माया गर्दा चौतर्फी प्रहार भयो : ओली

Gemini AI सारांश

यो समाचारको मुख्य बुँदाहरू

Gemini AI सोचिरहेछ…

Gemini AI द्वारा उत्पन्न

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताएका छन् ।

आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उनले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गरेका हुन् ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराए ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताए । देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै उनले देश बनाउने सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरे ।

एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताए ।

उनले देशको एक–एक इन्च भूमिको रक्षा गरिने प्रतिबद्धता समेत व्यक्त गरे । एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको ओलीले स्पष्ट पारे । राणा शासनदेखि लडेर देशलाई यहाँसम्म ल्याइपुर्‍याएको पार्टी कुनै कठपुतलीसँग डराएर पिठ्यूँ नफर्काउने उनको भनाइ थियो ।

समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिप्पणीहरू


सम्बन्धित समाचारहरु

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस
२०८२ फागुन ७, बिहीबार
गल्छीमा बालेन र आशिका तामाङ
२०८२ फागुन १, शुक्रबार
आइतबारसम्म मतपत्र छपाइ सकिने
२०८२ फागुन १, शुक्रबार
Nepalaya Times